बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महन्थले बोलाए संसदीय दलको बैठक, उपेन्द्र-बाबुराम पक्ष सहभागी नहुने

महन्थले बोलाए संसदीय दलको बैठक, उपेन्द्र-बाबुराम पक्ष सहभागी नहुने

नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। दलको बैठक जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले बोलाएको हो।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। दलको बैठक जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले बोलाएको हो। बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको सांसद प्रमोद साहले जानकारी दिए।

‘नयाँ सरकार गठनका विषयमा बैठकमा छलफल हुन्छ,’उनले भने,‘सबैलाई खबर गरिएको छ। को आउनु हुन्छ को आउनुहुन्न त्यो उहाँहरुको कुरो भयो।’

बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी नहुने देखिएको छ। सांसद रमेशप्रसाद यादवले एकलौटी रुपमा डाकिएको बैठकमा आफूहरू सहभागी नहुने बताए।

‘भोलीदेखि कार्यकारीणी समितिको बैठक बोलाउन दुवै अध्यक्ष हस्ताक्षर गरेर आह्वान गर्नुभएको थियो,’उनले भने,‘आज एकलौटी रुपमा उहाँहरूले संसदीय दलको बैठक बोलाउनुभएको छ। त्यहाँ सहभागी हुने कुरो हुँदैन।’

उनले जसपालाई विभाजन हुन नदिन नेताहरूले भने पनि गतिविधि फरक पार्टीको जस्तै भइरहेको बताए। राष्ट्रपतिले ७६(५)को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छन्।

प्रकाशित: May 21, 2021| 03:49 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।