बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रति भण्डारीले सरकारको सिफारिसमा बिहीबार साँझ यस्तो आह्वान गरेकी हुन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रति भण्डारीले सरकारको सिफारिसमा बिहीबार साँझ यस्तो आह्वान गरेकी हुन्।

भण्डारीले प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएकी छन्।

उनले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन्।  केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा  वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको सिफारिस राष्ट्रपतिसँग गरेपछि नयाँ सरकारका लागि आह्वान भएको हो।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘वैशाख २७ भन्दा स्थितिमा तात्त्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएकाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रकृया आरम्भ गर्न मन्त्रिपरिषबाट सिफारिस भएको छ।' 

प्रकाशित: May 20, 2021| 14:35 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।