बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस रणनीति : ओलीविरुद्ध अविश्वासको प्रस्ताव, राष्ट्रपतिलाई महाअभियोग!

कांग्रेस रणनीति : ओलीविरुद्ध अविश्वासको प्रस्ताव, राष्ट्रपतिलाई महाअभियोग!

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस आक्रोशित बनेको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस आक्रोशित बनेको छ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र नयाँ सरकार गठनका लागि ७६ (५) अनुसार २४ घण्टाको समय दिइएपछि कांग्रेस आक्रोशित बनेको हो।  

कांग्रेसले आगामी रणनीति तय गर्न शुक्रबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेको छ। बैठकले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध कठोर निर्णय गर्ने बताइएको छ। 

प्रधानमन्त्री ओलीविरुद्ध पटक-पटक अविश्वासको प्रस्ताव ल्याउने तयारी गरे पनि बहुमतको ग्यारेन्टी नहुँदा पछि हटेको कांग्रेसले यो पटक भने अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ।

‘पदाधिकारी बैठकमा अविश्वासको प्रस्ताव र महाअभियोगको विषयमा छलफल हुनेछ। सभापतिजीले यस विषयमा छलफल गरिसक्नुभएको छ। कठोर निर्णय आउने सम्भावना छ।’

यस्तै संविधान रछ्यानमा फालेर संसद् विघटनको बाटोतर्फ मुलुकलाई अघि बढाउन खोजेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग ल्याउने विषयमा समेत कांग्रेसमा छलफल भइरहेको छ।

शुक्रबारको पदाधिकारी बैठकमा दुवै विषयमा छलफल हुने छ। सभापति शेरबहादुर देउवाले बिहीबार साँझ नै नेताहरूसँग यस विषयमा छलफल गरिसकेका छन्। 

‘पदाधिकारी बैठकमा अविश्वासको प्रस्ताव र महाअभियोगको विषयमा छलफल हुनेछ। सभापतिजीले यस विषयमा छलफल गरिसक्नुभएको छ। कठोर निर्णय आउने सम्भावना छ,’ एक नेताले भने।

प्रधानमन्त्रीले विश्वासको मत नपाएको र राजीनामा दिएको अवस्थामा मात्र नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदम असंवैधानिक भएको बताए। ‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत मागेर नपाएको वा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा मात्र संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने हाम्रो संवैधानिक व्यवस्था हो,’ उनले भने, ‘तर यी दुवै अवस्था नभईकन राष्ट्रपतिले धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक हो। त्यसैगरी नयाँ सरकार गठनका लागि राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिनु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो।’ 

‘राष्ट्रपति र प्रधानमन्त्री दुवैले पदको चरम दुरुपयोग गरेर संविधानमाथि जालसाझी गरेर संविधानलाई समाप्त गर्ने काम गरेका छन्।’

उनले नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएको तर एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन नसक्ने टिप्पणी गरे। 

नेता रमेश लेखकले राष्ट्रपतिको कदम संविधान र मुलुक विरुद्धको गम्भीर अपराध भएकाले कांग्रेसले कडा प्रतिवाद गर्ने बताए। उनले अविश्वासको प्रस्ताव र महाअभियोग प्रति संकेत गर्दै कांग्रेसले संविधान रक्षाका लागि एक पटक कांग्रेस लड्नुपर्ने बेला आएको बताए। 

‘राष्ट्रपति र प्रधानमन्त्री दुवैले पदको चरम दुरुपयोग गरेर संविधानमाथि जालसाझी गरेर संविधानलाई समाप्त गर्ने काम गरेका छन्,’ उनले भने।

नेता गगन थापाले सार्वजनिकरुपमै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले ओलीको बर्खास्ती र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनुपर्ने वकालत गरेका छन्।

‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो। गनगन गरेर नबसौं,’ उनले भनेका छन्, ‘सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

प्रकाशित: May 21, 2021| 03:24 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।