काठमाडौं– पदमा जानु र बाहिरिनु राजनीति गर्नेका लागि नयाँ होइन। शक्तिशाली पदमा रहेका व्यक्ति एकैपटक दुई पद गुमेको घटनाचाहिँ राजनीतिमा विरलै हुन्छन्। यस्तै घटना भइदिएको छ एमाले नेता रामबहादुर थापा बादलको राजनीतिक जीवनमा। उनले बिहीबार एकै दिन दुई पद गुमाएका छन्– मन्त्री र सांसद । बिल्कुलै फरकफरक सन्दर्भमा बादल पदविहीन बनेका हुन्।
गृह मन्त्रालयको कार्यभार सम्हालिरहेका बादलको नियुक्ति बिहीबार नै सर्वोच्च अदालतले बदर गरिदियो भने बागमती प्रदेशमा भएको राष्ट्रिसभा निर्वाचनमा उनले नमिठो पराजय भोग्नुपरेको छ। संयोग पनि कस्तो पर्यो भने दिउँसो सर्वाेच्च अदालतले मन्त्री पद बदर गरिदियो र साँझ उपनिर्वाचन परिणाम उनकाे विपक्षमा आयो। यस परिणामले माओवादी विद्रोहताका तत्कालीन सुप्रिम कमान्डर प्रचण्डपछिका शक्तिशाली मानिएका बादलको राजनीतिक जीवन उनै प्रचण्ड र स्वयं आफ्नै मूल्यहीन कदमका कारण दलदलमा परेको छ।
एमालेभित्रको आन्तरिक विवादकै बीच चुनावमा होमिएका बादल अन्ततः बागमती प्रदेशसभातर्फ भएको उपनिर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार देवकोटासँग पराजित भएका छन्। एमालेले बादलका पक्षमा भोट हाल्न ह्विप नै जारी गरेको थियो। यद्यपि परिणाम उनको पक्षमा आउन सकेन।
बादल नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो। एमालेले पुनः बादललाई नै उम्मेदवार बनायो। प्रतिगमनको पक्षधर भएको र पार्टीलाई धोका दिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई जसरी पनि हराउने योजना बनाए। फलस्वरुप नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम उपेन्द्र पक्षको समेत समर्थनमा माधव नेपाल निकट डा. खिमलाल देवकोटालाई बादलको प्रतिस्पर्धीका रुपमा उम्मेदवार खडा गरिदिए।
एमालेभित्रको आन्तरिक विवादकै बीच चुनावमा होमिएका बादल अन्ततः बागमती प्रदेशसभातर्फ भएको उपनिर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार देवकोटासँग पराजित भएका छन्। एमालेले बादलका पक्षमा भोट हाल्न ह्विप नै जारी गरेको थियो। यद्यपि परिणाम उनको पक्षमा आउन सकेन।
२०७४ मा भएको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएपछि केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषद्मा प्रभावशाली मन्त्रीका रुपमा गृहमन्त्री बनेका थिए बादल। पुस ५ को प्रतिनिधिसभा विघटनको अवस्थासम्म आइपुग्दा बादलले एकाएक कित्ता परिवर्तन गरिसकेका थिए। माओवादी केन्द्रबाट मन्त्री बनेका उनी सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पार्टीमा फर्किन चाहेनन्। एमालेमै रहेर अघि बढ्ने निष्कर्ष निकाले।
माओवादी केन्द्रले कारबाही गरेको जानकारी संसद् सचिवालयमा दर्ता गरेकै दिन उनलाई प्रधानमन्त्री ओलीले पुनः गृहमन्त्रीमा नियुक्त गरे। वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः कामचलाउ भए। संविधानको धारा ७६ उपधारा ३ बमोजिम ओली पुनः प्रधानमन्त्री नियुक्त भए। वैशाख ३१ गते बादलले पुनः गृहमन्त्रीको शपथ लिए। उनीसहित संघीय संसद् सदस्य नभएका पूर्वमाओवादीबाट एमालेमा आएका ७ जना मन्त्री भएका थिए। बिहीबार उनीहरुलाई मन्त्री नियुक्त गर्ने प्रक्रिया नै असंवैधानिक भन्दै मन्त्रीका हैसियतले कुनै पनि काम कारबाही नगराउन अदालतले आदेश दियो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहकार्य र पार्टी एकताका समेत सेतु थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैं संगठन विभागको नेतृत्वमा रहँदै आएका थिए।
पदकै लागि एमालेमा प्रवेश गरेको आरोप खेपिरहेका बादलसहितका पूर्वमाओवादी नेताहरुको अवस्था घर र घाटको जस्तो हुन पुगेको छ यति बेला।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहकार्य र पार्टी एकताका समेत सेतु थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैं संगठन विभागको नेतृत्वमा रहँदै आएका थिए। पछिल्लो पटक पार्टी एकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सर्वोच्च अदालतले दल विवादसम्बन्धी एउटा मुद्दामा फैसला गर्दै एमाले र माओवादी केन्द्रको पूर्ववत् अवस्था कायम गरेपछि माओवादी केन्द्रका कतिपय नेता एमालेमा प्रवेश गरेका थिए। उनीहरुलाई ओलीले पार्टीमा विभिन्न जिम्मेवारीमासमेत राखिसकेका छन्।
बादलको अबको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै छ। उनी पदका लागि नै ओलीको साथमा थिए वा साँच्चिकै नेकपा एमालेकै नेता भएर अबको राजनीतिक अगाडि बढाउन चाहन्थे भन्ने केही दिनमा नै स्पष्ट होला। यस्तै बागमती प्रदेशसभाअन्तर्गत भएको उपनिर्वाचनमा एमालेकै असन्तुष्ट माधव नेपाल पक्षले बादललाई मत नदिएपछिको अवस्थामा एकता प्रक्रिया अघि बढ्ला वा ओलीले कस्तो निर्णय लेलान् त्यो पनि प्रतीक्षाकै विषय छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान नगर्नु विडम्बना भएको भन्दै त्यसको असर गम्भीर देखिने बताइसकेका छन्।
विशेष दिनमा सरप्राइज पाउने एक्ला होइनन् बादल
बिहीबार बादलका निम्ति विशेष दिन थियो। किन पनि भने राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर पुनः सांसद हुने प्रतीक्षाको दिन थियो। मतदान चलिरहेकै बेलामा अदालतले उनलाई ठूलो सरप्राइज दियो मन्त्री नियुक्ति बदर गरेर।
विशेष दिनमा सरसप्राइज पाउने बादल मात्र एक्ला नेता भने होइनन्। गत फागुन ११ गते प्रधानमन्त्री ओलीको जन्मदिन परेको थियो। सोही दिन सर्वोच्चले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुनःस्थापना गरेको थियो।
फागुन २३ मा माधवकुमार नेपालले पनि यस्तै सरप्राइज पाए सर्वोच्च अदालतबाट। त्यस दिन माधव नेपालको पनि जन्मदिन थियो। एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् रुपमा नै फर्काउने आदेश दिएपछि जन्मदिनको खुसीयालीमा रहेका नेपाललाई सरप्राइज नै भएको थियो।