शनिबार, जेठ १०, २०८२

आइतबार राप्रपाको प्रदर्शन बिजुलीबजारमा

 |  शनिबार, वैशाख ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि आइतबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दिउँसो १२ बजेबाट प्रदर्शन सुरु हुनेछ। प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन्।

गत बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ माग राखेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ।

२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेर आफ्ना नेताहरूको रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो।

प्रकाशित: Apr 19, 2025| 19:30 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्