आइतबार, वैशाख ७, २०८२

सवारी दुर्घटनामा सातको मृत्यु, दुईजनाको डुबेर ज्यान गयो

 |  आइतबार, वैशाख ७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने दुई जनाको डुबेर ज्यान गएको छ।

triton college

प्रहरीका अनुसार ललितपुर, महालक्ष्मी नगरपालिका-७ लुभु चाँगाथलीस्थित सडकमा बागमती प्रदेश- ०१-००३ क ८७३० नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने राजन संज्यालको छोरा २ वर्षीय प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तु, बुद्धभूमी नगरपालिका-१ टिक्करस्थित सडकमा लु.४ त ७८४७ नम्बरको ट्याक्टर र लु.८ प २४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ टिक्कर बस्ने ६० वर्षीय गौतम केसीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राम बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका-६ चागास्थित सडकमा मे.१ त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका- ६ ईलाडाँडा बस्ने २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

बैतडी, डिलासैनी गाउँपालिका-६ बाङ्गाबगरस्थित सडकमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ क ०००९ नम्बरको बसबाट खसेर बसमा सवार दोगडाकेदार गाउँपालिका-४ कपिन्ना बस्ने २७ वर्षीय बिष्णुराज भट्टको शनिबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life insurance

सुनसरी, इटहरी उपमहानगरपालिका-२० पानीपियास्थित सडकमा बागमती प्रदेश- ०१-०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा कारमा सवार सोही उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय बिष्णु राउतको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिया, मधुवन नगरपालिका-३ स्थित सडकमा बा.८९ प ३८६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २८ वर्षीय जानकु थरूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ स्थित सडकमा कर्णाली प्रदेश-०२-००१ ख ०९१५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री जुम्ला हिमा गाउँपालिका-३ बस्ने ५५ वर्षीय काली बहादुर बुढाको आइतबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रादेशिक अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

डुबेर मृत्यु
कञ्चनपुर, लालझाडी गाउँपालिका-६ ढक्का चान्देउस्थित मछली खोलामा डुबेर सोही ठाउँ बस्ने बस्ने हरिस विकको छोरा ११ वर्षीय सिद्धार्थ विकको शनिबार दिउँसो मृत्यु भएको छ। साथीहरू सँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

सिराहा, सुखीपुर नगरपालिका-२ जगतपुर टोल बस्ने दिनेश यादवको छोरा ४ वर्षीय धिरोज यादवको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको मनकामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 20, 2025| 11:56 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्