सिन्धुपाल्चोकलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति पुर्याएपछि उद्धारलगायतका विषयमा आवश्यक छलफल गर्न विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।
आइतबारदेखि निरन्तर परेको वर्षापछि मंगलबार आएको दोर्दीखोलाको बाढीले दुई घर बगाएको छ। दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर मंगलबार साँझ सो खोलाको बाढीले बगाएको हो।