सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेलम्बु गापा अध्यक्षले भने- कम्तीमा पाँच जना बेपत्ता छन्, मेलम्ची फेरि थुनिएको छ

हेलम्बु गापा अध्यक्षले भने- कम्तीमा पाँच जना बेपत्ता छन्, मेलम्ची फेरि थुनिएको छ

सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार साँझ आएको बाढीमा परी कम्तीमा पाँच जना बेपत्ता भएका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार साँझ आएको बाढीमा परी कम्तीमा पाँच जना बेपत्ता भएका छन्। मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट आएको बाढीले हेलम्बु गाउँपालिकाका कम्तीमा पाँच जना बेपत्ता बनाएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

उनका अनुसार मेलम्ची नदीले हेलम्बु गाउँपालिकाका तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तटवर्ती क्षेत्रमा ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ।  बाढीले वितण्डा मच्चाएपछि स्थानीय बासिन्द त्रसित रहेर सुत्न पनि नसकेको शेर्पाले बताए। 

शेर्पाले भने, ‘हामी कोही सुत्न सक्या छैनौं।  मानिसहरु हराएका छन्। संख्या भन्न गाह्रो छ। तर पाँच–छ बाढीमा बेपत्ता भएको अनुमान गरेका छौं।’ उनका अनुसार हेलम्बुमा खोला फेरि थुनिएको छ। उनले भने, ‘खोलाकाे आवाज नै आउन छोडेको छ। तल्लो भेगका मानिस सतर्क रहनुहोला।’

खोलाको आवाज नै आउन छोडेको छ। तल्लो भेगका मानिस सतर्क रहनुहोला।’

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पनि बाढीमा परेर हेलुम्ब गाउँपालिकाका पाँचदेखि सात जना व्यक्ति सम्पर्कमा नरहेको सूचना आएकोे बताए। उनका अनुसार हेलम्बुमा बाढीले वितन्डा मच्चाएपछि केही मानिस घरबाट सुरक्षित स्थलतर्फ भागेका थिए। उनले भने, ‘अहिले पानीको सतह घट्दो क्रममा रहेकाले मानिस गाउँ फर्किने क्रम जारी छ। मानिस यताउति भएकाले एकिन संख्यामा यत्तिनै हराएका हुन् भन्न गाह्रो छ।’ उद्धार कार्य जारी रहेकाे र सबै विवरण संकलन भइरहेकाे उनकाे भनाइ छ।

बाढीका कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार उच्च जोखिममा छ। बाढीले जताततै पुल र सडक बगाएको छ। मेलम्चीको सिटी पार्क, आमाह्यल्मो बसपार्कमा क्षति पुगेको छ। यस्तै मेलम्चीको झोलुंगे र पक्की पुलमा बाढी पसेको छ। 

बाढीकाे जाेखिम बढेपछि मेलम्ची बजारका बासिन्दा इन्द्रेश्वरी माध्यमिक विद्यालय भवन, नगरपालिकाको कार्यालय, टार तथा माथिल्लो भेगका बस्तीमा गएर बसेका छन्। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दा माथि ठूलो पहिरो गएको बताइएको छ। हेलम्बु प्रहरी चौकीको भवन समेत जोखिममा परेपछि प्रहरीसमेत सुरक्षित ठाउँतर्फ लागेका छन्। 

मेलम्चीमा भीषण बाढी, जनधनको क्षति भएको आशंका

प्रकाशित: Jun 15, 2021| 17:39 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।