सोमबार, भदौ ८, २०८३

‘सुदूरपश्चिमको बजेट हावादारी र वितरणमुखी’

नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टले सुदूरपश्चिम सरकारले ल्याएको बजेट हावादारी भएको बताए।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

धनगढी- नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टले सुदूरपश्चिम सरकारले ल्याएको बजेट हावादारी भएको बताए। बजेटबारे प्रतिक्रिया दिँदै भट्टले नीति तथा कार्यक्रमअनुसार बजेट नआएको बताएका हुन्। 

‘नीति तथा कार्यक्रममा राखिएको महत्त्वकांक्षी योजनाहरू बजेटमा महसुस भएन,’ उनले भने। 

टुक्रे योजनामा बढी बजेट गएको उनको भनाइ छ।

‘सञ्चित कोषमा गत वर्ष १० अर्बको बजेट छ भनेर पेस गरिएको थियो अन्तमा ६ अर्बमा गयो,’ प्रदेश सभा सदस्य भट्टले भने, ‘४ अर्ब गत वर्षको घाटामै चलिरहेको छ, यो वर्ष पनि चार अर्बको घाटा जाँदा आठ अर्बको श्रोत सुनिश्चितता बिनाको बजेट राखिएको देखिन्छ। यसले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर जो ६.५ भनिएको छ, त्यो बढीमा २.५ जान सक्दैन।’

उनले यो घाटाको बजेट भएको पनि बताए। ‘एक हप्ताअघि २३–२४ अर्बको बजेट ल्याउने भनिएको थियो,’ उनले भने, ‘अहिले ३० अर्ब बढीको बजेट ल्याइएको छ, यो घाटाको बजेट हो।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले बजेट पूर्णतयाः वितरणमुखी भएको बताए। ‘विगत र आगामी वर्षको बजेटमा कुनै भिन्नता छैन,’ उनले भने, ‘बजेट प्रदेशको उन्नति, प्रगति र समृद्धि दिने खालको छैन।’

यस्तै कैलाली वाणिज्य संघ अध्यक्ष पुष्प कुँवरले बजेटले निजी क्षेत्रलाई नसमेटेको बताएका छन्। ‘हामीले बजेट निर्माणअघि थुप्रै सल्लाह दिएका थियौं तर केही समेटिएन,’ उनले भने, ‘व्यापारी कोभिड-१९ को मारमा छन्, सहुलियतका कुरा, रोजगार सिर्जना गर्ने कुरा बजेटमा छैन।’

मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका छन्। 

प्रकाशित: Jun 16, 2021| 01:32 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।