सोमबार, भदौ ८, २०८३

गृह मन्त्रालयमा विपद् व्यवस्थापन समितिको बैठक जारी

सिन्धुपाल्चोकलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएपछि उद्धारलगायतका विषयमा आवश्यक छलफल गर्न विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- सिन्धुपाल्चोकलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएपछि उद्धारलगायतका विषयमा आवश्यक छलफल गर्न विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिन्धुपाल्चोक जिल्लामा गएको बाढी पहिरोको विषयमा छलफल भइरहेको हो। 

जोखिममा परेका मानिसको उद्धार, हराइरहेका र बेपत्ताको खोजी कार्यलाई तिव्रता दिने लगायत थप क्षति हुन नदिन आवश्यक तयारी गर्न बैठक बसिरहेको हो। 

बैठकमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गृह मन्त्रालयका प्रवक्ता जनकराज  दाहाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृतलगायत सहभागी छन्।

प्रकाशित: Jun 16, 2021| 03:09 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।