सोमबार, भदौ ८, २०८३

सिन्धुपाल्चोक बाढी : के गर्दैछ प्रदेश सरकार?

सिन्धुपाल्चोकमा गयराति अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- सिन्धुपाल्चोकमा गयराति अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ।

मेलम्ची नदीमा मंगलबार साँझदेखि आएको बाढीका कारण चनौटे, तिम्बु, ग्याल्थुम, मेलम्ची, बाहुनेपाटी, सिपाघाटसम्मका तटवर्ती क्षेत्रका वस्ती बगाएको छ। मेलम्ची-चौतारा सडकको पक्की पुल बगेको छ भने मेलम्ची बजार क्षेत्रका सबै संरचना बगाएको छ।

प्रहरीका अनुसार अहिलेसम्म घटनास्थलमा सात जनाको शव फेला परिसकेको छ। डीएसपी प्रकाश सापकोटाका अनुसार शवको पहिचान भने भएको छैन।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हेलिकप्टरसहित उद्धारमा खटिएको छ। उता बागमती प्रदेश सरकार पनि उद्धारमा लागि परेको छ।

बागमती सरकारकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले प्रदेश सरकारको तर्फबाट उद्योग पर्यटन तथा वन वातावरण मन्त्रीसहितको सुरेश नेपालसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको बताइन्।

'उहाँले त्यहाँको अवस्था र आवश्यकता भन्नु हुनेछ। हामी सोही अनुसार थप व्यवस्थापन गर्ने छौं। अहिले पनि प्रदेश सरकारको आपतकालीन बैठक बसेको छ। हामी त्यसबाट पनि केही निर्णय गर्नेछौं', उनी भन्छिन्।

उनले अहिलेसम्म प्रदेश सरकारलाई मानवीय क्षतिको यकिन विवरण प्राप्त नभए पनि तीन चिनियाँ नागरिक र सात जना नेपाली नागरिक हराइरहेको भन्ने सूचना प्राप्त भएको बताइन्।

केन्द्र सरकारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसहितको टोली पनि घटनास्थल पुगिसकेको छ। यस्तै सभामुख अग्निप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित: Jun 16, 2021| 04:19 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।