सोमबार, भदौ ८, २०८३

नारायणीको जल सतह खतराको विन्दुभन्दा माथि

नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

चितवन– नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो।
 
निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ। केन्द्रका अनुसार नदीमा पानीको वहाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ। गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन  ४४ वर्ष यताकै बढी हो।
 
नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ। कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका समयमा दाउरा टिप्न र  माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ। यस्तै औषधि, खाद्यान्न र  महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि  तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ।

नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं. १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ। त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ।

नदीमा पानीको वहाव बढेसँगै आज साँझ प्रभावित क्षेत्रमा महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र सुरक्षा निकायका प्रमुखले अनुगमन गरेका छन्। नदी बस्तीमा पस्न सक्ने क्षेत्रको अध्ययनसमेत गरिएको छ। 

प्रकाशित: Jun 15, 2021| 15:41 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।