सोमबार, भदौ ८, २०८३

मेलम्चीको राज होटेलको छतमा दुई युवाको ज्यान जोखिममा

मेलम्ची बजारमा बाढी आएपछि ज्यान जोगाउन बजारस्थित रोज होटलको छतमा चढेका दुई युवा अलपत्र परेका छन्।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– मेलम्ची बजारमा बाढी आएपछि ज्यान जोगाउन बजारस्थित रोज होटलको छतमा चढेका दुई युवा अलपत्र परेका छन्। बाढीका कारण घर पूरै डुब्न लागेको छ। रेडियो मेलम्चीका स्टेसन म्यानेजर पत्रकार देवराज सुवेदीले उनीहरुलाई बचाउन कठिन रहेको बताएका छन्।

उनले भने, ‘मैले उनीहरूलाई पटकपटक भाग्न अनुरोध गरेको थिएँ तर उनीहरु जोखिम मोलेर छलमा बसिरहेका छन्। उनीहरुलाई जोगाउन मुस्किल छ।’ उद्धारका लागि तत्काल हेलिकोप्टर आवश्यक रहेको सुवेदीले बताएका छन्। बाढीमा परी मृत्यु भएका सात जनाको शव फेला परेको डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। शवको पहिचान भने भएको छैन। 

बाढीमा दर्जनौं मानिस बेपत्ता भएको अनुमान गरिएको छ। मेलम्ची नदीमा मंगलबार साँझदेखि आएको बाढीका कारण चनौटे, तिम्बु, ग्याल्थुम, मेलम्ची, बाहुनेपाटी, सिपाघाटसम्मका तटवर्ती क्षेत्रका बस्ती बगाएको छ। मेलम्ची–चौतारा सडकको पक्की पुल बगेको छ भने मेलम्ची बजार क्षेत्रका सबै संरचना बगाएको छ। 

प्रकाशित: Jun 16, 2021| 03:44 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।