सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उद्धारका लागि हेलिकप्टरसहित सेना, प्रहरी र सशस्त्र पुग्यो मेलम्ची

उद्धारका लागि हेलिकप्टरसहित सेना, प्रहरी र सशस्त्र पुग्यो मेलम्ची

हेलम्वु गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीय बासिन्दाहरूको उद्धारको लागि तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर मेलम्ची पुगेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– हेलम्वु गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीय बासिन्दाहरूको उद्धारको लागि तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर मेलम्ची पुगेको छ।
 
हेलम्वु  गाउँपालिकाको नरकोटे भन्ने स्थानमा पहिरो जाँदा थुनिएर आएको मेलम्चीको बाढीले ठूलो क्षति पुर्‍याएको छ। केही स्थानीयहरू अझै थुनिएका छन्। स्थानीय बासिन्दाहरूको उद्धारको लागि धुलिखेल र चौताराबाट नेपाली सेनाको टोली खटिएको हो। 

प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले चौतारा र काभ्रेको धुलिखेलबाट करिव २५० जनाको प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली उद्धारको लागि मेलम्ची पुगेको जानकारी दिएका छन्। 

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ। तर, सनाखत भने अझै हुन सकेको छैन।

प्रकाशित: Jun 16, 2021| 03:54 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।