सोमबार, भदौ ८, २०८३

दोर्दीखोलाले बगायो दुई घर

आइतबारदेखि निरन्तर परेको वर्षापछि मंगलबार आएको दोर्दीखोलाको बाढीले दुई घर बगाएको छ।  दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर मंगलबार साँझ सो खोलाको बाढीले बगाएको हो।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

लमजुङ– आइतबारदेखि निरन्तर परेको वर्षापछि मंगलबार आएको दोर्दीखोलाको बाढीले दुई घर बगाएको छ।  दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर मंगलबार साँझ सो खोलाको बाढीले बगाएको हो।

खोलामा पानीको बहाव बढिरहेको  र नजीकै भएकाले ती घर बगेका हुन्। घर बगाएपछि बेँसीशहर नगरपालिका वडा नं। ११ चिती प्रहरीचौकीका पाँच  प्रहरी त्यसतर्फ जाँदै गरे पनि बाटो अप्ठ्यारो र पानी निरन्तर परिरहेकाले  पुग्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए।

त्यस्तै सोही खोलाले दोर्दी– ६ कृतिपुरका कृष्ण घलेको कृषि फार्मसमेत बगाएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। जिल्लामा विभिन्न स्थानमा खोला नजीकै र जमीन कच्चा भएको स्थानका दर्जनाँै घर जोखिममा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले समेत आज सूचना जारी गर्दै मस्र्याङ्दी र दोर्दी गाउँपालिका तथा बेँसीशहर, सुन्दरबजार र राइनास नगरपालिका  भएर बग्ने मस्र्याङ्दी नदीमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनका साथै आसपास शाखा नदी कमजोर भिरालो जमीन क्षेत्रका बासिन्दालाई सुरक्षितसँग बस्नलाई आग्रह गरेको छ।  

यतिबेला जिल्लाका मस्र्याङ्दी नदी तथा दोर्दी, किसेदी, रिस्ती, मिदिम खोलालगायत दर्जनौँ खोलामा समेत पानीको बहाव वृद्धि भइरहेको छ। वर्षा हुने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित छन्। कतिपय घरका बासिन्दा भने सुरक्षित स्थानमा बसेका छन्। आज मात्र जिल्लामा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। 

प्रकाशित: Jun 15, 2021| 17:45 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।