सोमबार, भदौ ८, २०८३

डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई घाइते 

डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

धनगढी- डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पहिरोमा च्यापिएर जिल्लाको केआईसिंह गाउँपालिका–३ बासुदेवी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बमको मृत्यु भएको हो। 

पहिरोमा च्यापिएर बासुदेवीको झिगावस्तीका १३ वर्षीय पुनी कुँवर र १६ वर्षीय पुजा कुँवर घाइते भएको प्रहरीले जनाएको छ।

खानेपानी अबरुद्ध भएपछि पानी सुचारु गर्न मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

पहिरोमा च्यापिएर पुनी कुँवरको हात भाचिएको छ भने पुजा कुवरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 16, 2021| 04:20 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।