विद्रोही तालिबानले कब्जामा लिएर अशान्त बनेको अफगानिस्तानबाट करिब पाँच सय नेपालीको उद्धार भएको छ। विभिन्न देशका दूतावास, गैरसरकारी संस्था र नियोगमा कार्यरत उनीहरूले सम्बद्ध मुलुक र संस्थाहरूले उद्धार गरेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारमा अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
समाचारहरुमा एक खालको सूचना प्रवाह भएको भए पनि कुनै ठूलो उथलपुथल र विरोधको अवस्था नभएको नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नेपाल समयलाई बताए।
गत सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी नेपाल-युएई उडान सुरु गरिएको थियो। तर, अब वायुसेवा प्रदायक कम्पनीहरूले नेपालबाट पनि यात्रु लैजान पाउने भएका छन्।
जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ।
विश्व स्वस्थ्य संगठनले हरेक एक सय जनाका लागि एउटा सार्वजनिक शौचालय चाहिने मापदण्ड तय गरेको छ। भीडभाड हुने नयाँ सडक, बानेश्वर, कलंकी, असनलगायतका स्थानमा सार्वजनिक शौचालय छैनन्।
चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ। निकुञ्जको माडी बगइ सेक्टरअन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो।