बिहीबार, भदौ ४, २०८३

खेतमा भेटियो पुरुषको शव

झापाको कमल गाउँपालिका- २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानखेतमा स्थानीय राजु लिम्बूको शव फेला परेको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

झापा- झापाको कमल गाउँपालिका- २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानखेतमा स्थानीय राजु लिम्बूको शव फेला परेको छ।

स्थानीय नयाँ बस्तीमा बस्दैआएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आइतबार बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थाले पश्चात स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। घटनाबारे कारण खुल्न सकेको छैन। परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 15, 2021| 13:19 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।