बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चलचित्र सम्बन्धी अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने

चलचित्र सम्बन्धी अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने

चलचित्र विकास वोर्डले चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत‍्वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- चलचित्र विकास वोर्डले चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत‍्वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ।

बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन गर्न सूचित गरिएको छ। 

वोर्डले चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका २ जना, चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका २ जना, स्नात्तकोत्तर तहमा चलचित्र सम्बन्धी शोधकार्य गर्ने २ जना, चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी २ जना, स्नातक तहमा चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत १० जना, चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थी २ जनालाई छात्रवृत्तीका लागि आवेदन माग गरेको हो।

आवेदकहरूले २०७८ भदौ २९ गतेभित्र बोर्डको कार्यालयमा वा इमेल ठेगानामार्फत् अनलाइन आवेदन दर्ता गर्न बोर्डले सूचित गरेको छ। दरखास्त  फारम विद्यार्थी वोर्डको वेवसाइटबाट डाउनलोड गर्न सक्नेछन्।

विद्यार्थीले दरखास्त दिँदा हुलाक टिकटसहितको आवेदन फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि, छात्रवृत्तिका लागि स्थानीय निकाय, शैक्षिक संस्था, वा अन्य कुनै निकायले सिफारिस गरेको भए सोको प्रतिलिपि, महिला, मधेशी, अपाङ्ग, दलित, जनजाति तथा सहिद परिवार हकमा सम्बन्धित निकाय वा आयोगको सिफारिस पत्र, स्नातकोत्तर, दर्शनाचार्य, वा विद्यावारिधि तहको हकमा स्वीकृत शोध प्रस्तावको प्रतिलिपि र छात्रवृत्तिका लागि सहयोग गर्ने सिफारिस लगायतका अन्य कागजातहरु संलग्न गर्नुपर्ने बोर्डले सूचनामार्फत जनाएको छ।

प्रकाशित: Aug 16, 2021| 13:47 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।