बिहीबार, भदौ ४, २०८३

बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्।

राति २ बजे बा३ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलाङ गाउँपालिका-३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते भएकी कुलुङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो।

यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ। अन्य तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 16, 2021| 09:25 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।