बिहीबार, भदौ ४, २०८३

एकै परिवारबाट बेपत्ता भएका चार बालिकाको उद्धार

तीन दिनदेखि बेपत्ता बाराका एकै परिवारका चार बालिकाको सकुशल उद्धार गरिएको छ ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

पर्सा– तीन दिनदेखि बेपत्ता बाराका एकै परिवारका चार बालिकाको सकुशल उद्धार गरिएको छ । बारा प्रहरीले सीमावर्ती भारतमा फेला पारी उनीहरुलाई आइतबार अभिभाबकको जिम्मा लगाएको हो। बाराको देवताल गाउँपालिका वडा नम्बर १ बडकी फुलवरिया टोल बस्ने नरेश साह गोढकी १२ वर्षीया काजल कुमारी, १० वर्षीया आँचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारीलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

गोढका ४ जना छोरी गत साउन २७ गतेदेखि आफ्नै घरबाट हराएका थिए । प्रहरीले भारतको श्रीसियामा बालिकाहरूलाई फेला पारेपछि भारतीय प्रहरीको समन्वयमा सकुशल उद्धार गरी नेपाल ल्याएको थियो । बालिकाहरुको अवस्थाबारे प्रहरीले जानकारी पाएको २४ घण्टाभित्र फेला पारी परिवारको जिम्मा लगाएकोे मिश्रले बताए।

प्रकाशित: Aug 15, 2021| 22:02 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।