बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच सय नेपाली काबुलबाट सुरक्षित स्थानतर्फ उडे, थप उद्धारको पर्खाइमा

पाँच सय नेपाली काबुलबाट सुरक्षित स्थानतर्फ उडे, थप उद्धारको पर्खाइमा

विद्रोही तालिबानले कब्जामा लिएर अशान्त बनेको अफगानिस्तानबाट करिब पाँच सय नेपालीको उद्धार भएको छ। विभिन्न देशका दूतावास, गैरसरकारी संस्था र नियोगमा कार्यरत उनीहरूले सम्बद्ध मुलुक र संस्थाहरूले उद्धार गरेका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– विद्रोही तालिबानले कब्जामा लिएर अशान्त बनेको अफगानिस्तानबाट करिब पाँच सय नेपालीको उद्धार भएको छ। विभिन्न देशका दूतावास, गैरसरकारी संस्था र नियोगमा कार्यरत उनीहरूले सम्बद्ध मुलुक र संस्थाहरूले उद्धार गरेका हुन्। गैरकानुनी रूपमा अफगानिस्तान पुगेकाहरू भने उद्धारको पर्खाइमा रहेको बताइएको छ। 

काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको जहाजले सोमबार कतारको राजधानी दोहा पुर्‍याएको छ। उनीहरूमध्ये केही मंगलबार स्वदेश आइपुग्ने परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन्। 

काबुलस्थित बेलायती दूतावासमा कार्यरत ८७ नेपालीलाई पनि बेलायत सरकारले उद्धार गरिसकेको बताइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनेकी छन्, ‘‘नेपालीलाई उद्धार गर्ने प्रक्रिया सुरु भएको छ।’ उनले अफगानिस्तानमा कति नेपाली छन् भन्ने तथ्यांक भने नभएको बताइन्। उनले भनिन्, ‘काबुलमा रहेका सबै नेपाली सुरक्षित भएको जानकारी आएको छ।’ 

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रसचिव भरतराज पौड्यालले काठमाडौंमा र दिल्लीमा नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले कूटनीतिक नियोगहरूमा समन्वय गरिरहेका छन्। 

अफगानिस्तानमा नेपाली दूतावास छैन। त्यसैले अफगानिस्तानमा रहेका नेपाली नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको परराष्ट्र अधिकारीहरूको भनाइ छ। अफगानिस्तानस्थित विदेशी गैरसरकारी संस्था र नियोगमा कार्यरत नेपाली अझै उद्धारको पर्खाइमा छन्।  नेपालीहरू त्यहाँ सेवा क्षेत्र, आर्म्ड फोर्स र सुरक्षागार्डका रूपमा काम गर्न त्यहाँ पुगेका छन्।

लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रसचिव भरतराज पौड्यालले काठमाडौंमा र दिल्लीमा नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले कूटनीतिक नियोगहरूमा समन्वय गरिरहेका छन्। उनले विभिन्न मुलुकका दूतावास तथा अन्तर्राष्ट्रिय संघसंस्थाको परिसरमा सुरक्षित छन्।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले नेपालीलाई काबुलबाट फिर्ता गर्ने सबै उपाय अपनाउन सरकारका विभिन्न निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्। 

त्रिभुवन विमानस्थलका अध्यागमन कार्यालयको अनुसार १० दिन अवधिमा एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक नेपाल आएको अभिलेख छ।


प्रकाशित: Aug 17, 2021| 08:37 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।