काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ५१८ परीक्षणबाट ८८५ जनामा पोजिटिभ देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ६११ परीक्षणमा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० छ।