बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिबारे जानकारी लिन मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिबारे जानकारी लिन मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्।

'अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु', उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।

सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाले बताए। 'त्यसतर्फ सरकार सजग र गम्भीरतापूर्वक जिम्मेवारी निभाउनेछ', उनले भने।


प्रकाशित: Aug 16, 2021| 10:12 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।