बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अफगानिस्तानमा रहेका नेपालीको अविलम्ब सुरक्षा र उद्धार गर्न प्रचण्डको आग्रह

अफगानिस्तानमा रहेका नेपालीको अविलम्ब सुरक्षा र उद्धार गर्न प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारमा अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारमा अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन्। 

उनले दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्। 

‘यस आपातकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्,’ उनले भनेका छन्,‘यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु।'

प्रकाशित: Aug 16, 2021| 13:39 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।