उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ। आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो।
विश्वभरीको संस्कृति र खानपानको सम्मिश्रण हुने अमेरिकी सहर न्युयोर्कलाई ‘सलाद कचौरा’ भनिएजस्तै कचौराकै भौगोलिक आकारको काठमाडौं पनि नेपालका भिन्न समुदायको खानपान र संस्कृतिको झल्को पाइने ठाउँ हो।
काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन्। मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ।
भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ।
जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गर्दै बुद्ध एयरका पाइलट आङ गेलु शेर्पा,...
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दसैं–तिहारअघि सम्पन्न नहुने भएको छ। हिन्दू धर्मावलम्बीको महान् पर्व दसैं–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो।