बिहीबार, भदौ ४, २०८३

नहरमा मोटरसाइकल खस्दा तीन जनाको मृत्यु

ज ९ प १९८२ नम्बरको मोटरसाइकल चार बजेतिर जनकपुर–१८ भोइल भन्ने स्थानमा नहरमा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मंगलबार चार बजेतिर जनकपुर–१८ भोइल भन्ने स्थानमा नहरमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ज ९ प १९८२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल औरहीबाट जनकपुरतर्फ आउँदै थियो।

मृतकमध्ये एकजना जनकपुरधाम–११ बस्ने अन्दाजी २२ वर्षीय कुनालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतको भनाइ छ। सवारी चालक अनुमतिपत्रका आधारमा उनको पहिचान गरिएको हो। अन्य दुई जनाको भने पहिचान खुलेको छैन।  

तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 29, 2021| 18:01 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।