आइतबार, चैत ८, २०८२

‘घोङ्गी खान्छ काठमान्डु’

विश्वभरीको संस्कृति र खानपानको सम्मिश्रण हुने अमेरिकी सहर न्युयोर्कलाई ‘सलाद कचौरा’ भनिएजस्तै कचौराकै भौगोलिक आकारको काठमाडौं पनि नेपालका भिन्न समुदायको खानपान र संस्कृतिको झल्को पाइने ठाउँ हो।
 |  बिहीबार, असोज १४, २०७८

सुलभ ढकाल

सुलभ ढकाल

बिहीबार, असोज १४, २०७८

काठमाडौं- विश्वभरीको संस्कृति र खानपानको सम्मिश्रण हुने अमेरिकी सहर न्युयोर्कलाई ‘सलाद कचौरा’ भनिएजस्तै कचौराकै भौगोलिक आकारको काठमाडौं पनि नेपालका भिन्न समुदायको खानपान र संस्कृतिको झल्को पाइने ठाउँ हो।

National life

भूपि शेरचनले आफ्नो कविताको एक लाइनमा काठमाडौंका चरित्र बखान गर्दै ‘यहाँ के छैन सब थोक छ’ भनेजस्तै काठमाडौंमा अचेल तराईदेखि पहाड र हिमालदेखि हिमालपारीका खाना तथा परिकार सबथोक उपलब्ध छ।

जुम्लाको मार्सी, शैलुङको आलु, जुम्लाको स्याउ, स्याङ्जाको सुन्तला, इलामे अकबरेदेखि जनकपुरे माछा तथा थाकटुकेचेको ढिँडो र मुस्ताङी आलुका स्वाद काठमाडौंमा अब नौलो रहेन। लम्बिँदो त्यही सूचीमा पर्छ तराईको घोङ्गी।

काठमाडौंमा घोङ्गी बेच्ने कामलाई व्यवसायिक रुपमा विगत दश वर्षदेखि निरन्तरता दिँदै आएका छन्, ६३ वर्षीय महोमद आशिक। आशिकलाई उनकी श्रीमती महिमा खातुन र उनका भतिजाहरु ३३ वर्षीय महेन्द्र शहनी र २२ वर्षीेय कान्छा शहनीले पनि भरथेग गरेका छन्।

ललितपुर र काठमाडौं जोड्ने थापाथलीको व्यस्त पुल र टेकु र सानेपा जोड्ने कम व्यस्त पुलको बीचमा बनेको नयाँपुलमा उनीहरुको पसल विगत दश वर्षदेखि चलिरहेको छ। पसलको नामै छ, कान्छा सहनी।

Laxmi sunrise bank
kumari

यो पेशा उनीहरुको पुस्तौनौ पेशा हो। ‘सुरु–सरुमा हामीले घोङ्गी मात्र बेच्ने गरेका हो,’ ६३ वर्षीय महोमद आशिकले भने, ‘अचेल भने माछा पनि बेच्ने गरेको छ।’

टेकुको नयाँ पुलमा घोङ्गी बेच्न बसेका महेन्द्र शहनी र कान्छा शहनी।

आफूहरुले घोङ्गी सुनकोशी, कमला, लाहानबाट ल्याउने उनले बताए। त्यहाँबाट ल्याउँदा घोङ्गीको लागि प्रतिबोरा तीन सय खर्च हुन्छ भने गाडीभाडा तीन हजार जति पर्छ। गाडीदेखि पसलसम्म ल्याउन र यताउती गर्दा केही थप अरु खर्च निस्कन्छ।

घोङ्गी टिप्ने उपयुक्त समय धान रोप्ने बेला हो। त्यति बेला तराईका महिला, पुरुष, बालबालिका सबै घोङ्गी टिप्न पानी जमेका ठाउँमा व्यस्त हुन्छन्।

घोङ्गी पकाउनुअघि मकै वा गहुँको पिठोमा पानी हालेर एक रात राखिन्छ। यसो गर्दा घोङ्गीमा भएको माटो र फोहोर निस्कन्छ। रातभरी भिजाएको घोङ्गीलाई पहिला उसिनिन्छ र त्यसपछि आफ्नो रुचि अनुसारको परिकार बनाइन्छ।

घोङ्गीमा प्रायः गोलभेंडा, धनिया, आलस, अधुवा, सस्र्युं, खुर्सानी, जिरा–धनीयाको धुलोलगायतका मसला हालिन्छ। तराईतिर माछा पकाउँदा सस्र्युंलाई विषेश मानिएजस्तै घोङ्गी पकाउँदा आलसलाई प्रमुख मसलाका रुपमा प्रयोग गरिन्छ । ‘घोङ्गीको सुप बनाउन त आलस चाहिन्छ नै,’ आशिकले भने।

घोङ्गीमा प्रोटिन, फाइबर, क्याल्सियमलगायतका लाभदायक तत्व पाइने भएकाले महिला, बालबालिका र वृद्धको लागि यो औषधि सरह मानिन्छ।

‘हाम्रोतिर पूर्खाहरुले यही घोङ्गी खाएकै कारण औलोले थारुहरुलाई नछोएको भन्थे,’ झुम्का सुनसरी स्थायी घर भएका विजय चौधरी भन्छन्।

‘जसरी पहाडीयको भान्छमा आलु–तामा र सिन्कीलाई विषेश मान्छ हाम्रो भान्छामा पनि घोङ्गी विषेश परिकार हो,’ कोटश्वरमा बस्दै आएका चौधरी भन्छन्, ‘अहिले काठमाडौंमा अरुले पनि घोङ्गी खान थालेको छ। म पनि माघिमा साथीहरुलाई घोङ्गी बनाएर ख्वाउने गर्छु। राम्रो मान्छन्।’


एक अध्ययनअनुसार पानीमा हुने घोङ्गीमा ५७ प्रतिशत र रुखमा हुने घोङ्गीमा ७२ प्रतिशत प्रोटिन पाइन्छ।घोङ्गी प्रायः भातसँगै खान रुचाइने उनले बताए। यद्यपि अहिले पेय पदार्थको साथीको रुपमा पनि घोङ्गीको उपयोग बढिरहेको छ।

आशिकले काठमाडौंमा घोङ्गी बेच्न थाल्दा मूल्य प्रतिकेजी ८० रुपैयाँ थियो। अहिले मूल्य बढेर प्रतिकेजी १ सय ५० रुपैयाँ प्रतिकेजी पुगेको छ। अचेल अन्य माछा पसलहरुले पनि घोङ्गी राख्न थालेका छन्।

पहिले घोङ्गी किन्न थारु, राजवंशी, सन्तल, मुसहरजस्ता तराईका वासिन्दा मात्र आउँथे। अहिले भने अरु समुदायका मानिसहरु पनि घोङ्गी किन्न आउने गरेका आशिक बताउँछन्।

‘पहिला जहीँतहीँ पाउन्नथ्यो । अहिले पाउँछ,’ थारु लबजमा चौधरी भन्छन्, ‘हामी तराइको मान्छेलाई काठमान्डुको मम, सेकुवाको बानी भयो । अब काठमान्डुलाई पनि हाम्रो घोङ्गीको बानी भयो।’

प्रकाशित: Sep 30, 2021| 08:46 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।