मंगलबार, जेठ २६, २०८३

पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

 |  मंगलबार, जेठ २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २६, २०८३

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले मंगलबार पुनः पदभार ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।

National life

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले आफूविरुद्ध लगाइएका आरोपहरू नयाँ नभएको बताएका छन्। उनले आफूलाई विगतदेखि नै विभिन्न आरोप लगाउने क्रम जारी रहेको उल्लेख गर्दै यसलाई राजनीतिक र सामाजिक जीवनको चुनौतीका रूपमा लिएको बताए।

उनले भने, ‘धेरै जना खुसी पनि हुनुहुन्छ होला, धेरै जना दुःखी पनि हुनुहुन्छ होला जस्तो लाग्छ। म माथि लगाइएका आरोपहरू अहिलेबाट सुरु भएका होइनन्, जेनजी आन्दोलनदेखि नै लगाइएका हुन्। म त थेग्न सकुँला, तर आगामी दिनमा कुनै पनि नेपाली नागरिकको अपमान गर्न वा चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृहमन्त्रालय यस विषयमा अत्यन्त संवेदनशील भएर हेर्नेछ।’

सम्पत्ति विवरणसम्बन्धी विवादपछि गुरुङले यसअघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त प्रतिवेदन स्वीकृत गर्दै गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनले पुनः मन्त्रालयको नेतृत्व सम्हालेका हुन्।

Shivam cement

गुरुङ गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य हुन्। पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनको आगामी कार्यकाल र मन्त्रालयका प्राथमिकताप्रति राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रकाशित: Jun 09, 2026| 19:59 मंगलबार, जेठ २६, २०८३
प्रतिक्रिया दिनुहोस्