काठमाडौं- सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। त्यस्तै निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ।
त्यस्तै बैठकले सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय गरिएको छ। प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने प्रवक्ताले बताए।