बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत सरकारको अनुदानमा काभ्रेपलाञ्‍चोकमा ६ विद्यालय भवन पुनर्निर्माण

भारत सरकारको अनुदानमा काभ्रेपलाञ्‍चोकमा ६ विद्यालय भवन पुनर्निर्माण

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ।

काभ्रेपलालाञ्‍चोक जिल्लामा पुनःनिर्माण सम्पन्‍न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

करिब साढे १९ करोड रुपैयाँभन्दा बढीको लागतमा बनेपा नगरपालिकाको आजाद माध्यामिक विद्यालय, पाँचखाल नगरपालिकाको आजाद मध्यमिक विद्यालय, दुग्धेश्वर माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालय तथा चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यमिक विद्यालय र पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालयको उद्घाटन गरिएको हो।

विद्यालयको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँस्कोटाले भूकम्पपछि नेपाललाई भारत सरकारले निकै सहयोग गरेको भन्दै भारत सरकारप्रति नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्। 

भूकम्पले क्षति पुर्‍याएका नेपालका आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौंका शैक्षिक संस्थाहरु पुननिर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता अनुसार सो बिद्यालयहरु पुननिर्माण भएको भारतीय दूतावासले जनाएको छ। 

त्यसैगरी २०७२ सालकै भुकम्पबाट क्षतीग्रस्त पनौती नगरपालिकास्थित खोपासी प्राथमिक उपचार केन्द्रको पनि भारत सरकारको अनुदान सहयोगमा पुननिर्माण हुनेगरी भवन शिलान्यास गरिएको छ।

प्रकाशित: Sep 30, 2021| 00:05 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।