बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन वर्ष पुरानो पूर्व राजारानीको तस्बिर कसरी भयो भाइरल?

तीन वर्ष पुरानो पूर्व राजारानीको तस्बिर कसरी भयो भाइरल?

जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गर्दै बुद्ध एयरका पाइलट आङ गेलु शेर्पा, विमानस्थल कर्मचारीहरुसँग पूर्व राजारानीको सामुहिक तस्बिर शेयर गरिएकाे छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- गत असोज ११ गते काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेकाले काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो। जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गर्दै बुद्ध एयरका पाइलट आङ गेलु शेर्पा, विमानस्थल कर्मचारीहरुसँग पूर्व राजारानीको सामुहिक तस्बिर शेयर गरिएकाे छ।

फेसबुकमा करिब ६० हजार सदस्य रहेको ‘राजा ज्ञानेन्द्र King Gyanendra (राष्ट्रभक्त राजा)’ नामक फेसबुक पेजमा विशाल राजभण्डारीले उक्त दाबीका साथ फोटो पोष्ट गरेका छन्। उनले लेखेका छन्, “जहाँ राजरानी हुन्छ त्यहाँ भगवानको बास हुन्छ भन्ने सही साबित भयो। आजको बुद्ध एयरमा राजारानी पनि सवार भएर भगवान श्री पशुपति नाथको कृपाले दुर्घटना हुनुबाट जोगियो।” उक्त पोष्टमा ३००० भन्दा धेरै प्रतिक्रिया आएका छन् भने ४७७ पटक सेयर भएको छ। यस्तै दाबीका साथ अन्य प्रयोगकर्ताले पनि फेसबुक पेजहरुमा सो सामग्री सेयर गरेका छन्। सोही दाबीका साथ फेसबुक प्रयोगकर्ता सन्तोष लिम्बु र आर्यन अलीले पनि उक्त फोटो पोष्ट गरेका छन्।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि यस्तै दाबी सहित बनाइएका भिडियो सेयर भएका छन्। @astro_neeraj15 नामक टिकटक एकाउन्टबाट ‘जहाँ राजा रानी, त्यहाँ पशुपतिको कृपा। फ्लाइटमा राजारानी पनि होइसिन्थ्यो’ भन्ने दाबी गरिएको छ। उक्त भिडियोमा झण्डै २२ हजार पटक लाइक* गरिएकाे छ भने ५८ पटक सेयर भएको छ।

यस्तै अर्का टिकटक प्रयोगकर्ता @dahaltharka ले पनि पूर्वराजारानी उक्त जहाजमा भएको कारणले बुद्ध एयरकाे विमान ठूलो दुर्घटनाबाट बचेको दाबी गरेका छन्। उक्त टिकटक भिडियोमा १ लाख १७ हजार लाइक गरिको छ भने ८०५ पटक सेयर भएको छ।

तथ्य जाँच 


साउथ एसिया चेकले सामाजिक सञ्जालमा फैलिएको उक्त तस्बिर र दाबीको तथ्य जाँच गरेको छ।

यसक्रममा हामीले विभिन्‍न अनलाइन प्लेटफर्ममा ‘रिभर्ज इमेज सर्च’ गर्दा भेटिएन। गुगलमा सम्बन्धित किवर्ड टाइप गरेर खोज्दा हामीले बुद्ध एयरको ट्वीटर अकाउन्टमा सामाजिक सञ्जालमा शेयर गरिएको तस्बिरसँग मिल्दोजुल्दो तस्बिर फेला पार्यौ। बुद्ध एयरको आधिकारिक ट्वीटरबाट २०७५ पुष २ गते पाइलट आङ गेलु शेर्पा, एअरपोर्टका कर्मचारीसँग पूर्व राजारानीको सामूहिक तस्वीर  ट्वीट गरिएको पाइयो। बुद्ध एयरले आफ्नो विमानबाट पूर्व राज दम्पत्ति काठमाडौंबाट पोखरा जाँदै गर्दा खिचिएको तस्बिर भएको जनाएको छ ।

हामीले सामाजिक सञ्जालमा सेयर गरिएकाे तस्बिरकाे स्राेत फेला पार्न सकेनाैँ । तर बुद्ध एयरले नै प्रकाशित गरेकाे तस्बिर त्यसैबेला खिचिएका मध्येकाे एक भएकाे निष्कर्षमा हामी पुग्याैँ । त्यतिबेला पूर्व राजा र रानीले लगाएकाे लुगा, क्याप्टन शेर्पा र अन्य कर्मचारीकाे पाेजिसनले सामाजिक सञ्जालमा फैलिएकाे तस्बिर झण्डै तीन वर्ष अघिकाे हाे भनी निर्क्योल गर्न सकिन्छ ।

त्यसैले गत असोज ११ गते काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरकाे विमानमा पूर्व राजारानी चढेको भन्ने दाबी गलत छ।

(साउथ एसिया चेकले गरेको तथ्य जाँचमा आधारित।)


प्रकाशित: Sep 29, 2021| 18:26 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।