बिहीबार, भदौ ४, २०८३

शिक्षक महासंघका आन्दोलन कार्यक्रम स्थगित

नेपाल शिक्षक महासंघले चाडपर्वलाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- नेपाल शिक्षक महासंघले चाडपर्वलाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै २०७८ वैशाख २० गतेबाट चरणवद्धरुपमा चलिरहेको आन्दोलन कोभिड संक्रमण केही कम भई विद्यालयमा परीक्षाका कार्यक्रम चलिरहेको अवस्था तथा महान चाडहरूको आगमनको परिस्थितिमा सडक आन्दोलन गर्ने सही समय नभएकोले त्यस्ता कार्यक्रम हाल सञ्चालन नगर्ने जनाएको हो।

महासंघको  बैठकको निर्णय अनुसार  २०७८ असोज १४ गतेबाट दसैं, तिहार, छठलगायत चाडहरूको अवधिसम्म तोकिएका सबै सडक आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। यसका साथै २०७४ कार्तिक २८ गतेबाट देश भरिका सबै शिक्षक-कर्मचारीको उपस्थिति तथा सहभागिता हुने निर्णायक सडक आन्दोलनको कार्यक्रम यथावत् रहेको जनाएको छ।

महासंघले आन्दोलनलाई सफल र परिणाममुखी बनाउन स्थानीय तहदेखि केन्द्रसम्मका सबै सांगठनिक संरचना तथा आम शिक्षक-कर्मचारीलाई अपिल गरेको छ।

महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सिर्जित विभेद, विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलबको विषय तथा महासंघको अधिवेशनका कार्यक्रमलाई अघि बढाउने विषयमा आन्दोलित रहेको जनाएको छ।

प्रकाशित: Sep 30, 2021| 06:49 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।