बिहीबार, भदौ ४, २०८३

समाज

बाढीपहिरोमा परेर देशभर ३५ जनाको मृत्यु, २६ जनाको अवस्था अज्ञात

सुदूरपश्चिम प्रदेशमा मात्रै १४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

दुहबी सबस्टेसन डुबानमा, प्रदेश १ मा विद्युत् आपूर्ति बन्द

दुहवी सबस्टेसन डुबान परेपछि मंगलबार साँझदेखि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बाढीपहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु, २३ बेपत्ता, ठाउँठाउँमा सडक अवरुद्ध

कर्णाली नदीमा पानीको वहाब खतराको तहभन्दा माथि पुगेको छ। जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीको पानीको तह ११.७० मिटर पार गरेको जानकारी दिइन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सुनसान सिंहदरबार

सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ। बुधबार कोजाग्रत पूर्णिमादेखि दसैं औपचारिक रुपमा सकिने भएपनि सरकारी कामकाज सुरु भइसक्दा पनि दसैं बिदामा गएका कर्मचारीहरु फर्किइसकेको अवस्था छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बझाङमा पहिरोमा परी २३ जना बेपत्ता

बझाङको थलारा गाउँपालिमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

रुवी खान र सरकारबीच सहमति

बाँकेका दुई महिलाको न्यायका निम्ति आमरण अनसन बसिरहेकी रुवी खान र सरकारबीच सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति पुन र गृहमन्त्री खाँण

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु किरणलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८:३० बजे नर्भिक अस्पताल पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बाढीपीडितको तत्काल उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बाढीपहिरो प्रभावितको उद्धार गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

कीर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मी सरुवा गर्ने शाखा अधिकृत बर्खास्त

कीर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

मोहम्मद जयन्तीमा प्रधानमन्त्री देउवाको शुभकामना

मोहम्मद जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मालम्बीहरुलाई शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

पश्चिमी वायुको प्रभावले देशभर वर्षा

बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

महिला किन पतिकै थर लेख्छन्?

नाम पछाडि पतिको थर लेख्ने प्रचलन पितृसत्तात्मक समाजको उपज हो। उसो भए पश्चिमी समाजका आधुनिक महिला अझै यही परम्परा किन पछ्याइरहेका होलान्?
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

समापनको संघारमा दसैं

नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

चीनले हुम्ला पठायो ८०० बोरा चामल, चार हजार ६८० बोरा मैदा

चीनको सिचुवान प्राप्तको पुराङ काउन्टी जिल्लाले हुम्लाको नाम्खा गाउँपालिका र सो क्षेत्रमा सरकारी कार्यालयलाई १३ लाख चिनियाँ युआन बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाले मृत्यु

नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८