काठमाडौं- मोहम्मद जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मालम्बीहरुलाई शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्ती देउवाले मंगलबार बिहान ट्विट गर्दै सम्पूर्ण धर्मालम्बीहरुलाई शुभकामना व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्मदिन अर्थात मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मुस्लिम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई बिदा दिने निर्णयसमेत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका थिए।