बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनले हुम्ला पठायो ८०० बोरा चामल, चार हजार ६८० बोरा मैदा

चीनले हुम्ला पठायो ८०० बोरा चामल, चार हजार ६८० बोरा मैदा

चीनको सिचुवान प्राप्तको पुराङ काउन्टी जिल्लाले हुम्लाको नाम्खा गाउँपालिका र सो क्षेत्रमा सरकारी कार्यालयलाई १३ लाख चिनियाँ युआन बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

सुर्खेत- चीनको सिचुवान प्राप्तको पुराङ काउन्टी जिल्लाले हुम्लाको नाम्खा गाउँपालिका र सो क्षेत्रमा सरकारी कार्यालयलाई १३ लाख चिनियाँ युआन बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ।

पुराङ काउन्टीले नाम्खा गाउँपालिकालाई आठ सय बोरा चामल, चार हजार ६ सय ८० बोरा मैदा, ६ हजार थान एन ९५ मास्क, ५८ हजार थान सर्जिकल मास्क, १० हजार थान हाते पन्जा, सात सय ५० किलो स्यानिटाइजर, दुई हजार थान सानो स्यानिटाइजर, दुई हजार तीन सय वटा सेतो पञ्जा, पाँच हजार वटा एनटिजेन किट, एक हजार वटा फेस मास्क र एक सय ६० थान थर्मोगन सहयोग गरेको हो।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनले उपलब्ध गराएको खाद्य सामग्रीमध्ये सशस्त्र प्रहरी बल सिमा सुरक्षा (बिओपी) हिल्सालाई ७५ बोरा चामल र २५ बोरा मैदा तथा हिल्साका स्थानीयलाई एक सय २५ बोरा मैदा, ६० बोरा चामल, नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल, प्रहरी चौकी यारीलाई पाँच बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङलाई पाँच बोरा मैदा र २० बोरा चामल दिइने बताए।

यसैगरी, सिटिजन्स बैंक याल्वाङलाई १० बोरा चामल र वडा नम्बर २ लाई दुई सय २२ बोरा मैदा, वडा नम्बर ३ लाई दुई सय ४६ बोरा मैदा र वडा नम्बर १ लाई चार सय १२ बोरा मैदा दिइने छ।

नाम्खा गाउँपालिका–६ लिमीमा एक हजार आठ सय ४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका–५ को यारी गाउँलाई तीन सय ३० बोरा मैदा, एक सय ६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा र ३० बोरा चामल हस्तान्तरण गर्ने अध्यक्ष तामाङले बताए।

मुचु गाउँलाई तीन सय ४८ बोरा मैदा, एक सय १४ बोरा चामल, चाला गाउँलाई एक सय ८० बोरा मैदा, ६० बोरा चामल, याल्वाङलाई दुई सय ४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई एक सय ७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ गुम्बालाई दुई सय ६० बोरा मैदा दिने निर्णय भएको अध्यक्ष तामाङले बताए । प्रत्येक वर्ष चीन सरकारले नाम्खा गाउँपालिकालाई खाद्यान्न लगायतका सामग्री सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताए।

प्रकाशित: Oct 18, 2021| 16:30 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।