बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति पुन र गृहमन्त्री खाँण

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति पुन र गृहमन्त्री खाँण

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु किरणलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८:३० बजे नर्भिक अस्पताल पुगेका हुन्।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं- क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँण थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु किरणलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८:३० बजे नर्भिक अस्पताल पुगेका हुन्।

उनले नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए। नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए। 

सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए। उपराष्ट्रपति निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँण समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए।


सो क्रममा गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत वैद्यलाई सुनाएका थिए। आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्‍न चिकित्सकहरूलाई आग्रह गरेका थिए। आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्‍न चिकित्सकहरुले बताएका छन्। 

प्रकाशित: Oct 19, 2021| 13:44 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।