काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बाढीपहिरो प्रभावितको उद्धार गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई मंगलबार बालुवाटारमा डाकेर यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्,
‘सदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढीपहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु।’
गत शनिबारदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। खोला तथा नदीमा बाढी आएका छन्। महाकाली र सेतीलगायत नदीले कटान गरेको छ भने बस्तीमा बाढी पसेको छ। यस्तै पहिरोका कारण कतिपय सडकमा आवागमन अवरुद्ध भएको छ।