बिहीबार, भदौ ४, २०८३

रुवी खान र सरकारबीच सहमति

बाँकेका दुई महिलाको न्यायका निम्ति आमरण अनसन बसिरहेकी रुवी खान र सरकारबीच सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

काठमाडौं– बाँकेका दुई महिलाको न्यायका निम्ति आमरण अनसन बसिरहेकी रुवी खान र सरकारबीच सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको छ। 

नेपालगञ्जदेखि काठमाडौंसम्म २० दिनमा ५२० किलोमिटर पैदल यात्रा गरेका पीडितका आफन्त र अधिकारकर्मी अनशन बसेको १० दिनपछि आज मंगलबार सहमति जुटेको हो। सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानव अधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन्।

नकुन्नी धोबी र निर्मला कुर्मीलाई न्याय दिलाउन पीडितका आफन्त र अधिकारकर्मीसहित नेपालगन्जबाट १४ जनाको टोली पाँच सय २० किलोमिटर पैदल हिँडेर गत २० असोजमा काठमाडौं आइपुगेको थियो । 

काठमाडौंमा उनीहरू धर्ना र अनशन बसिरहेका छन् । अनशन बसेको १० दिनपछि हिजोबाट मात्र सरकारले आन्दोलनरत पक्षसँग छलफल थालेको थियो । 

माइतीघरमा धर्ना बसिरहेका वेला २२ असोजमा प्रहरी प्रशासनले धडपकड गरी नियन्त्रणमा लिएको थियो । चर्को विरोध भएपछि अरू आन्दोलनकारीलाई प्रहरीले छाडे पनि नेतृत्व गरिरहेकी रुवी खानलाई पक्राउ गरेर नेपालगन्ज पठाएको थियो । 

त्यसपछि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २८ असोजमा खानलाई रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको थियो । गत २२ असोजदेखि अनशन सुरु गरेकी खानले प्रहरी हिरासतमा समेत त्यसलाई निरन्तरता दिएकी थिइन् । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । उनले त्यहाँ पनि अनशन जारी राखेकी छिन् । बाँकी पीडितका आफन्त र अधिकारकर्मीहरू हरेक दिन माइतीघरमा धर्ना दिइरहेका छन् । नकुन्नी धोबी र निर्मला कुर्मीलाई जीवन त्याग गर्न बाध्य पार्ने आरोपीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग गर्दै आएका छन् ।

प्रकाशित: Oct 19, 2021| 14:55 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।