उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ।
काठमाण्डौ उपत्यकामा शनिबार बिहानैदेखि घाम लागेको छ। केही दिनदेखि काठमाडौंसहित देशका धेरैजसो ठाउँको मौसम बद्ली भए पनि आज बिहानै काठमाडौं उपत्यकाको मौसम भने खुलेको हो।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मतपत्र ढुवानी गरेको छ। अब जिल्लाबाट स्थानीय रुपमा मतपत्र ढुवानी गराउने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले...
बैतडीमा कोदालो प्रहार गरेर एक युवकको हत्या भएको छ। शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका-७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन्।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३...
मङ्गलबार कार्यालय प्रमुख गुरुङसहितको टोली भारतको बाटो भएर छाङ्गरु गएको थियो। व्यासमा स्काई टेलिफोन टावर सञ्चालन भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए।