जनकपुर- धनुषाको जनकन्दिनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेषको निधन भएको छ। शेषको शनिबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
७० शेष शनिबार दिउँसो नेपाली कांग्रेसको बैठकमा सहभागी भएका थिए। तर, साँझ उनको निधन भएको बताइएको छ।
बैठक सकेर घर फर्किएको एक/डेढ घन्टामै उनको निधनको खबर प्राप्त भएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताएकी छन्। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।
शेष २०७४ मा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।