शुक्रबार, असार ५, २०८३

२८ वर्षपछि मासपुरवासीले पाए लालपुर्जा

विसं २०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

सिमकोट- हुम्लाको दुर्गम वस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपूर्जा पाएका छन्।

National life

विसं २०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन्। पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति–७ बँदेलचौरमा एक माना चामल र नुन लिएवापत जग्गाको तिरो तिर्दै आएका उनीहरुले २८ वर्षपछि भए पनि जग्गाको लालपूर्जा पाएकोमा खुसी भएको स्थानीयवासी ९२ वर्षीय दलवीर बुढाले बताए। मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपूर्जा लिन जग्गाधनी नै नआएको बताएको छ।

अनुगमनका क्रममा ताजाकोट गाउँपालिका जाँदा स्थानीयवासीले लालपूर्जा नपाएको गुनासो गरेका थिए। तर गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीयवासी नआएका कारण पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ। १२ घरधुरीलाई गतवर्ष चैतमै लालपूर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ।

गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपूर्जा वितरण गरिएको कार्यालयले जनाएको छ। दुई घरधुरीले सुरुमै लालपूर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपूर्जा पाएका थिएनन्। -रासस

प्रकाशित: May 08, 2022| 00:00 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।