काठमाडौं- बाटो माथिबाट पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको थियो। शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार बिहान ४:१५ बजे पन्छाइसकिएको थियो।
त्यसपछि दुवैतर्फ रोकिएका सवारी सञ्चालनमा आएका थिए। तर, बिहान ४:४८ बजे फेरि पहिरो खसेर दुवैतर्फको बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो खस्दा दुवै तर्फका यात्रु बाटैमा अलपत्र परेका छन्।