शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोटीमा शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध

डोटीमा शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

डोटी- शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ।

National life

बुडर इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेलधुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगन पानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए। यसै गरी शुक्रवारको हावाहुरीका कारण जिल्लाका दर्जनौँ घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ।    रासस

प्रकाशित: May 07, 2022| 23:00 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।