सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने पत्रकार पक्राउ

प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने पत्रकार पक्राउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

घोराही- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिएका दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढा रहेका छन्। बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सन्जालमा पोस्ट गरेका थिए।

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ। प्रहरीले बुढामाथि विद्युतीय कारबाही ऐन अनुसार कारबाही हुने जनाएको छ।

प्रकाशित: May 08, 2022| 11:17 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।