शुक्रबार, असार ५, २०८३

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९
National life
Shivam cement

बैतडी- बैतडीमा वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो। 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको हो। 

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको र कसैले निर्णयविपरीत काम गरेको पाइएमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम्पन्न सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्थित प्रतिनिधि तथा व्यवसायीको  सहभागिता थियो।    

प्रकाशित: May 07, 2022| 21:30 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।