शुक्रबार, असार ५, २०८३

ओखलढुंगामा सवारी दुर्घटना, एक जनाको मृत्यु

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

National life

शुक्रबार दिउँसो साढे १ बजे ओखलढुंगाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग१त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका-७ बिगुटारका २२ वर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुंगामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: May 07, 2022| 13:54 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।