पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ। जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो।
सो अवसरमा नगर प्रमुख तथा समाजका संस्थापक अध्यक्ष मीठाराम अधिकारीले आगामी असार ९ गते हुने नगर परिषद्का लागि विस्तृत परियोजना प्रतिवेदनका साथ आफ्ना कार्यक्रम माग गर्न समाजलाई आग्रह गरे।
हामी सबैले ‘डिजाइनर बच्चा’का बारेमा त सुनेका छौँ। ‘डिजाइनर बच्चा’ भनेका वैज्ञानिकद्वारा नियन्त्रित वातावरणमा हुर्काइएका मानवबच्चा हुन्, जसमा कुनै वंशाणुगत दोष हुँदैन।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत अवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो।
ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका-७ स्थित मदिरा कम्पनीमा करेन्ट लागेर ईश्वरपुर-९ का ४० वर्षीय मनोज चौधरीको मृत्यु भएको हो।
बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।
बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ।