सर्लाही- बाँसको लाठी प्रहार गरी एक जनाको हत्या भएको छ। मृत्यु हुनेमा लालबन्दी नगरपालिका-१७ बस्ने ४५ वर्षीय अशोक विक छन्।
लालबन्दी नगरपालिका-११ हिरापुर पानी ट्याङ्कीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद हुँदा रवि विकले आफ्नै मामा अशोक विकलाई बाँसको लाठी प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई मोडल अस्पताल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रवि विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।