बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काखमा २१ महिनाको बच्चा च्यापेर अनशन बसिरहेकी कुमारी आमा

काखमा २१ महिनाको बच्चा च्यापेर अनशन बसिरहेकी कुमारी आमा

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी उनले चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश छिन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- काखमा सानो बच्चा च्यापेर साढे दुई वर्षदेखि धनुषाकी निहारिका राजपुत न्याय गुहारिरहेकी छिन्। ०७६ साल कार्तिकमा आफूलाई साथीकै दाइले बलात्कार गरेको उनको आरोप छ। 

National life

'मलाई मेरै साथीले 'सँगै पढौं' भनेर बोलाएपछि म पुगेकी थिएँ। उसको दाइले पटकपटक मनपराउँछु भन्दा पनि रेस्पोन्स गरेकी थिइनँ। तर मलाई त्यहीबेला खानेकुरमा नशालु पदार्थ पिलाएर बलात्कार गरियो,' निहारिकाले भनेकी छिन्। निहारिकाका अुनसार त्यसबेला उनी कक्षा ११ मा पढ्थिन्, जम्मा १७ वर्षकी थिइन्। 

त्यसको एक महिनापछि गर्भवती भएको थाहा पाएकी उनी निरन्तर न्यायका लागि भौतारिरहेकी छिन्। धेरैले बच्चा फाल्न सुझाव दिँदा पनि उनले मानिनन्, एक्लै हुर्काइरहेकी छिन्। तर, कोठा भाडा तिर्न पनि सकस भइरहेको छ। 

न्यायका लागि उनी प्रहरीहुँदै अदालतसम्म त पुगिन् तर जिल्ला अदालत धनुषाले आरोपीलाई सफाइ दियो। त्यसपछि उनी न्याय खोज्दै काठमाडौंमा छिन्। महिला आयोगले पनि असहयोग गरेको उनको आरोप छ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी उनले चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश छिन्। त्यसैले 'यो त हद भयो' भन्दै शुक्रबारबाट उनले न्यायको मागसहित आमरण अनशन नै सुरु गरेकी छिन्।

Shivam cement


पहिलो दिन काठमाडौंको माइतीघरमा २१ महिनाको बच्चासहित अनशनमा बसेकी थिइन्। तर, रात परेपछि प्रहरीले उनलाई बलजफ्ती त्यहाँबाट उठायो। 

तैपनि उनी डराइनन्। प्रहरीले माइतिघरबाट हटाएपछि दोश्रो दिन बसन्तपुरमा उनले अनशन जारी राखेकी छिन्। 'न्यायको प्रत्याभुति नभएसम्म अनशन तोड्ने छैन,' निहारिकाले भनिन्। 

निहारिकाले आफ्नो बच्चाको डीएनए परीक्षण गर्न पाउनुपर्ने लगायतका माग राखेकी छन्। उनीसँगै अनशनमा छिन्, महिला अधिकारकर्मी ज्यास्मिन ओझा। निहारिकाले न्याय नपाएसम्म अनशन नतोडिने उनले बताइन्। 'प्रहरीले हिजो माइतीघरबाट खेद्यो, आज बसन्तपुरबाट पनि खेद्ने कुरा हुँदैछ। तर, जतिसुकै ज्यादती भएपनि यो अनशन यसै तोडिनेवाला छैन। निहारिकाको माग सरकारले सुन्नैपर्छ,' उनले अनशनस्थलबाटै भनिन्। 

यी हुन् निहारिकाका मागहरु:

१. मेरो बच्चाको डीएनए टेस्ट गरिनुपर्‍यो। काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन्? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो? यसको निष्पक्ष छानबिन हुनुपर्‍यो। 

२. उच्च अदालतमा चार महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेसी तोकिएको छैन। म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो। न्यायलयले मेरो मृत्यु चाहेको हो? उच्च अदालतले छिटोभन्दा छिटो पेसी तोकेर फैसला गरिदिनुपर्‍यो।

३. मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ। प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो। 

४. घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ। यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्‍यो। हिजो मेरो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलबै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्‍यो। उनीहरूमाथि पनि छानबिन हुनुपर्‍यो।

५. मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो। जबसम्म मेरा यी मागहरू पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन। त्यतिन्जेलसम्म म मेरो अनशन तोड्ने छैन।


प्रकाशित: Jun 11, 2022| 15:02 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।